काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा ९ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ८८ हजार रुपैयाँ थियो ।
यता चाँदीको मूल्य तोलामा ५५ रूपैयाँले घटेर ४ हजार ५०० रुपैयाँ कायम भएको छ ।






प्रतिक्रिया