१२ बुँदे शान्ति सम्झौतामार्फत संसदीय अभ्यासमा रहेका हाल नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल जेएनजी आन्दोलनअघिसम्म सत्ताकै केन्द्रमा रहेका पात्र हुन् ।
यसअघि मात्र ३२ सिटसहित तेस्रो दल बनेका प्रचण्ड प्रधानमन्त्रीसम्म बन्न भ्याए ।
तर, जेएनजी आन्दोलनपश्चात् उनको पार्टी निकै खुम्चिएको छ । अब तत्काल उनी कुनै पनि उपायबाट सत्तामा आउने सम्भावना छैन । फागुन २१ मै भएको निर्वाचनलाई उनले खुलेर स्वीकार गर्न सकेका छैनन् । रास्वपाको दुईतिहाइ सरकारलाई गणतन्त्रविरोधीको चस्काले हेर्न थालेका छन् । आज उनका पछिल्ला एक हप्ताका अभिव्यक्तिबारे चर्चा गर्नेछौँ ।
हेर्नुहोस् सन्दर्भ
२०८३ असार १४ र असार अठारमा क्रमश पोखरा र विराटनगरमा प्रचण्डले सरकार संविधान खारेज गर्न खोजिरहेको खुलासा गरे । साथै उनले राष्ट्रपति पनि हटाउने खेल सुरु भएको बताए । सो क्रममा उनले भनेका छन् ‘रास्वपा सरकार राष्ट्रपतिमाथि दबाब सिर्जना गरेर हटाउने खेलमा छ । रास्वपा नेतृत्वको सरकारले सिर्जना गरेको दबाबकै कारण राष्ट्रपति धेरै दिन टिक्दैनन् । संविधान खारेज गर्न राष्ट्रपतिमाथि जबर्जस्ती दबाब भएको कुरा सुन्नमा आएको छ । कोहीकोहीले त मलाई भन्छन्– अब राष्ट्रपति टिक्दैनन्, केही दिन मात्रै हो पनि भन्छन् । छोड्नका लागि जबर्जस्ती दबाब छ ।’
उनले पोखरामा भनेका छन्, ‘२४ देखि २६ भित्र अर्को ठूलो दुर्घटनाको चर्चा धेरै थियो । नारायणहिटी सफा हुँदै छ, अब केही घण्टापछि अर्कै युगमा प्रवेश हुँदै छ भन्ने कुरा सुनिन्थ्यो । पछि हामीले बुझ्दा नारायणहिटी सफा त गर्न लगाएकै रहेछन् नि ।’
नियमित संवादमा हुनुपर्ने प्रधानमन्त्री बालेनले पनि राष्ट्रपति पौडेलसँग कुराकानी गरेका छैनन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री बालेनले राष्ट्रपति पौडेलसँग भेट गरेका थिए, त्यतिबेला नमस्कार आदानप्रदानबाहेक थप संवाद भएन । त्यसपछि त झनै कुराकानी भएको छैन ।







प्रतिक्रिया