विद्युत् नियमन आयोगका रिक्त पदका लागि दर्खास्त आह्वान

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ।

सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी अध्यादेश जारी भएसँगै आयोगका पदाधिकारी पदमुक्त भएका थिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका हुन्।

मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन भएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जाविज्ञ सतिषनारायण जोशी सदस्य छन्।

अब आयोगको अध्यक्षसहित चार सदस्यका लागि आवेदन आह्वान गर्ने छ।  यसका लागि १५ दिने सूचना जारी गरिने उक्त मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया