बजेटपछि सुनको मूल्य ह्वात्तै बढ्यो

बजेटपछि नेपाली बजारमा आइतबार (जेठ १७) सुनको मूल्य ह्वात्तै बढेको छ । सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख ११ हजार १०० रुपैयाँ कायम छ । शुक्रबार (जेठ १५) छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया