पूर्व भीआइपीले राज्यकोषबाट गरेको उपचार रकम फिर्ता, कसले कति लिएका थिए ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि नेकपा(एमाले)ले पूर्व भीआईपीहरूले राज्यकोषबाट गरेको उपचारखर्च फिर्ता गरेको छ ।

नेपाल राष्ट्र बैंक सम्बद्ध स्रोतका अनुसार, १ जेठ २०८३ मा एमालेले तीन पूर्व पदाधिकारीहरूको उपचारखर्च बापत राज्यकोषबाट भुक्तान भएको रकम फिर्ता गरेको हो ।

पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र झलनाथ खनालको उपचार बापतको झण्डै चार करोड रुपैयाँ नेपाल राष्ट्र बैंकमा गएर ‘डिपोजिट’ भएको हो ।

कसले कहिले लिएका थिए उपचार खर्च

मन्त्रिपरिषद् निर्णयरकम लिनेरकम
२०७३ साउन २१डा. रामवरण यादव१० लाख
२०७३ भदौ ७डा. रामवरण यादवरकम नखुलेको
२०७३ कार्तिक २८सुजाता कोइराला५० लाख (कागजात नरहेको)
२०७५ मंसिर ३डा. रामवरण यादव२ लाख (भारत चण्डीगढ उपचार)
२०७६ भदौ १केपी शर्मा ओली१ करोड २३ लाख (सिंगापुर)
२०७६ असोज ७डा. रामवरण यादव३ लाख २५ हजार
२०७६ असोज २३केपी शर्मा ओली१ करोड १६ लाख
२०७८ असार ७झलनाथ खनाल५८ लाख ३९ हजार
२०७८ कार्तिक ३डा. रामवरण यादव२५ लाख
२०७९ कार्तिक ८डा. रामवरण यादव१० लाख
२०८० पुष ५डा. रामवरण यादव१५ लाख

प्रतिक्रिया