पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा शुक्रबार पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिएको हो ।

सोही डोजर चलाइरहेका चालक रघुगंगा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकको मार्ग खनिरहेको अवस्थामा मिथिबाट सुक्खा पहिरो खसेर डोजर र चालकलाई पुरेको थियो ।

प्रतिक्रिया