६महिनाभत्रि पार्टी महाधिवेशन हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ६ महिनाभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन्। पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै महाधिवेशनको मिति र प्रक्रियाबारे आफूहरू छलफलमा रहेको बताए।

उनले सबै जनवर्गीय सङ्गठनको एकताको कुरा पनि टुङ्ग्याउन लागेको बताए।

उनले भने, ‘हाम्रो समीक्षा बैठक चलिराखेको छ त्यो बैठकबाट एउटा निष्कर्ष निकालिसकेपछि हामीले देशैभरि सबै जनवर्गीय सङ्गठन प्रदेशहरूमा र सबैतिर पनि एकरूप तरिकाले प्रशिक्षण गर्ने एउटै बुझाइ बनाउने प्रक्रियामा हामी जाने नै छौँ।’

उनले अब फेरि एकचोटी आफ्नो पनि आत्मसमीक्षा गरेर अघि बढ्ने बताए।

प्रतिक्रिया