प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ ।
संसद् सचिवालयले शुक्रबार दिउँसो २:३० बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुखको निर्वाचन आगामी चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने बैठकमा हुने गरी ज्येष्ठ सदस्यले मिति तोकेका छन्।



प्रतिक्रिया