शोभा पाठकले दिएको निवेदन तत्काल कार्यान्वयन नहुने

काठमाडौं । एमाले सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दिएको निवेदन तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रहरीका अनुसार पाठकले बस्नेतलाई पक्राउ गर्नुपर्ने मागसहितको निवेदन लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुगेकी छिन् ।

उनीहरुको मुद्दा अदालतमा विचाराधीन रहेको छ । अदालतमा मुद्दा विचाराधीन भएको अवस्थामा कसैलाई पनि पक्राउ गर्न नमिल्ने प्रहरीको भनाइ छ ।

पाठकले बस्नेतविरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दा सरकारी वकिलको कार्यालयले तामेलीमा राखेको छ ।

प्रतिक्रिया