अध्यक्ष ओली र लेखक पक्राउबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछिका घटनाबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ ।

राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् ।

संसदीय दलहरूसँगको संवादको संयोजनको जिम्मेवारी अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ भने कानुनी प्रतिवादको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष गोकर्ण विष्टले पाएका छन् ।

संसदमा रहेका दलहरुसँग संवाद गरेर सामूहिक प्रतिवादको योजना बनाउने महासचिव शंकर पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया