सूर्यज्योति इन्स्योरेन्सको नाफा ८.५४ प्रतिशतले बढ्यो

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १२ अर्ब ९४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको खुद नाफामा समेत सुधार आएको छ। समीक्षा अवधिमा कम्पनीले ३८ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ३५ करोड २ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको नाफा ८.५४ प्रतिशतले बढेको हो ।

दाबी भुक्तानी र खर्च पनि बढ्यो

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी बढेर १३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ११ अर्ब ९६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

त्यस्तै, कम्पनीको कुल खर्च १४ अर्ब ५२ करोड रुपैयाँबाट बढेर १६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १७ अर्ब ९ करोड रुपैयाँ रहेको छ।

रिटेन्ड अर्निङ घट्यो

नाफा बढे पनि कम्पनीको रिटेन्ड अर्निङमा भने गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षमा ९२ करोड ३६ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ समीक्षा अवधिमा घटेर ६० करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको महाविपत्ती कोषमा ४५ करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ५९ पैसा, प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ६८ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २१६ रुपैयाँ २३ पैसा र मूल्य–आम्दानी अनुपात ५४.४४ गुणा रहेको छ ।

प्रतिक्रिया