काठमाडौं । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेको हो ।
योसँगै आज सुनको मूल्य ३ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा ६ हजार ४०० रुपैयाँ बढेर ३ लाख ७ हजार ९०० रुपैयाँ पुगेको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेको छ । योसँगै ४ हजार ७४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।








प्रतिक्रिया