किन नेपाल आउँदैछन् भारतीय विदेशमन्त्री

काठमाडौं । भारतका विदेशमन्त्री डा. एस जयशंकर नेपाल आउने भएका छन् । उनी भदौको दोस्रो साता नेपाल आउने भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको हो ।

उनी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सेप्टेम्बरमा नयाँ दिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा दिन काठमाडौं आउन लागेका हुन् ।

यसअघि पनि जयशंकरको नेपाल भ्रमणको तयारीमा थिए । तर, भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण हुने भनिए पनि उच्चस्तरको भेटवार्ताको विषय टुंगो नलागेपछि भ्रमण रोकिएको थियो ।

सोमबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेनसँग सिंहदरबारमा एक्लै भेटेपछि रोकिएको प्रक्रिया पुनः अघि बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार