राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वालेन्द्र शाह ५ नै वर्ष प्रधानमन्त्री हुने घोषणा गरेका छन् । नवनियुक्त प्रधानमन्त्री वालेन्द्रले पहिलो मन्त्रिपरिषद् बैठक राख्नुअघि रविले यस्तो बताएका हुन् ।
वालेन्द्रसँग भेटेर प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले वालेन्द्र ५ वर्ष र त्योभन्दा पनि बढी प्रधानमन्त्री हुन सक्ने बताए ।
सहमतिअनुसार नै बालेनलाई प्रधानमन्त्री बनाएको लामिछानेको भनाइ छ । यसअघि स्वतन्त्रबाट काठमाडौंको मेयर जिते पनि बालेन रास्वपा प्रवेश गरेपछि शुक्रबार प्रधानमन्त्री भएका हुन् ।


प्रतिक्रिया