रास्वपा सांसद् अभिभुखीकरण कार्यक्रममा के के हुन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रम उदघाटन गरेका छन् ।

ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा आयोजित कार्यक्रममा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका रास्वपा सांसदहरु सहभागी छन् ।

जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा रचना खतिवडा सुधन गुरुङलाई भेट्दा भक्कानिएकी थिइन् । सुधनले उनलाई अंगालो हालेर सान्त्वना दिएका थिए ।

फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट थप ५७ सांसद पाएको छ ।

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बुधबारसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा पार्टीका नेता र विषय विज्ञहरुको प्रस्तुति हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार