प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपालीहरू नेपालको सद्भावना दूतका रूपमा रहेको बताउँदै मुलुकको विकास र समृद्धिमा सक्रिय योगदान दिन आह्वान गरेकी छिन् ।
सोमवार काठमाडौंमा आयोजित एनआरएनएको १२ औँ ग्लोबल कन्फरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा सम्पन्न निर्वाचनबाट आएको नयाँ जनादेश र बदलिँदो परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको पनि बताइन् ।
एकताको महाधिवेशन आयोजना गरेर नेपालको विकास, सहकार्य र साझा जिम्मेवारीको सन्देश प्रवाह गरेकोमा उनले एनआरएनएप्रति धन्यवाद व्यक्त गरिन् ।
‘गैरआवासीय नेपालीहरू वास्तवमा नेपालको सद्भावना दुत हुनुहुन्छ । तपाइहरूसँग नेपालको पहिचानसँगै विश्वसामु कस्तो नेपाल प्रश्तुत गर्ने भन्ने कुरा तपाईहरूको आचरण, व्यवहार र योगदानमा पनि निर्भर हुन्छ । तपाईहरू जहाँ बस्नुहुन्छ त्यहाँ नेपालको गौरव, संस्कृतिलाई प्रवर्द्धन गराइरहनुभएको छ । यसको लागि समेत म तपाइहरू सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनिन् ।



प्रतिक्रिया