प्रशिक्षण दिनका लागि भारतीय भ्वाइस आर्टिस्ट काठमाडौंमा


काठमाडौं । भारतका चर्चित भ्वाइस आर्टिस्ट अमित डिओंडी काठमाडौं आइपुगेका छन् । चलचित्र विकास बोर्डको आयोजनामा आइतबारदेखि तीन दिन चल्ने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङका लागि उनी शनिबार काठमाडौं आइपुगेका हुन् ।

पहिलोपटक नेपाल आइपुगेका अमितले विमानस्थलमा सञ्चारकर्मीसँग आफ्नो अनुभव र जानेका केही कुरा सिकाउने प्रयास गर्ने बताए ।

“हामीले बोर्डबाट दक्षता अभिवृद्धि भनेर बजेट छुट्टाएरै काम गरिरहेका छौँ । यसअघि पनि धेरै तालिम भइसकेका छन् । भ्वाइस एक्टिङको विषयमा पनि नेपालमा आवश्यक भएकाले भारतका प्रसिद्ध ब्यक्ति अमित डिओंडीलाई निमन्त्रणा गरेका हौँ,” चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले भने ।

आइतबार बिहान १०ः३० बाट तीन दिनका लागि दैनिक दुईघण्टा चल्ने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङको ब्यवस्थापन सम्राट फिल्मसले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार