काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामाजिक सञ्जाल, गलत सूचना र डीपफेकको प्रभाव देखिएको बताएका छन् ।
भारतको राजधानी नयाँदिल्लीमा आयोजित एनएक्सटी २०२६ ग्लोबल समिटलाई शनिबार बिहान सम्बोधन गर्दै उनले डिजिटल प्लेटफर्महरू आधुनिक सूचना युद्धका माध्यम बनेको बताए ।
उनले नेपालमा युवाले नेतृत्व गरेको राजनीतिक परिवर्तनप्रति सावधानीपूर्ण आशा व्यक्त गर्दै लोकतन्त्रमा नयाँ पुस्ताको उभार देखिएको बताए।
पूर्वप्रधानमन्त्री भट्टराईले दक्षिण एसियामा विश्वकै ठूलो युवा जनसंख्या रहेको उल्लेख गर्दै उनले यस क्षेत्रलाई पहिलो एआई–नेटिभ राजनीतिक पुस्ताको उदयस्थल भनेका छन्। युवा केवल प्रविधि उपभोक्ता नभई निर्माता र नियन्त्रक बन्नुपर्ने उनको सुझाव थियो।


प्रतिक्रिया