प्रतिनिधि निर्वाचनका लागि १२ बजेदेखि प्रचारप्रसार गर्न निषेध

काठमाडौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार निषेध अर्थात मौन अवधि सुरु हुँदैछ ।

मतदान अघिको ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म आयोगले प्रचारप्रसार निषेध अवधि तोकेको छ । निर्वाचन व्यवस्थापनका क्रममा यो अवधिको विशेष अर्थ र महत्त्व रहन्छ । यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार