भदौ २३ गते प्रहरीको निर्देशनमा गोली चल्यो :बिबिसी

काठमाडौं । जेनजी नेतृत्वको भ्रष्टाचारविरोधी प्रदर्शनपछि भड्किएको हिंसात्मक घटनाक्रमले देशव्यापी राजनीतिक संकट निम्त्याउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली को राजीनामा र सरकार पतनसम्मको अवस्था सिर्जना भएको छ।

बिबिसी वर्ल्ड सर्भिसको एक रिपोर्टका अनुसार प्रहरीको आन्तरिक कागजातअनुसार सेप्टेम्बर ८ मा कर्फ्यू लागू भएको केही मिनेटमै “आवश्यक बल प्रयोग” गर्ने आदेश दिइएको थियो । कागजातमा ‘पिटर १’ कल साइन प्रयोग गरिएको देखिन्छ, जुन स्रोतका अनुसार तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ सँग सम्बन्धित थियो।

प्रहरीले भने सरकारी सुरक्षा समितिको स्वीकृति र कानुनी प्रक्रियापछि मात्रै घातक बल प्रयोग गरिएको दाबी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार