काठमाडौंबाट आएर मधेशको बेटा बन्नेलाई रोकौँ :गगन

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सर्लाही ४ मा पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले जित्ने बताएका छन्।

चुनावी अभियानका क्रममा लालबन्दी पुगेका लामिछानेले काठमाडौंबाट आएर मधेशको बेटा बन्नेलाई रोक्ने जिम्मा सर्लाहीवासीको भएको बताए।

‘मलाई थाहा छ अमरेशजीले जित्नुहुन्छ। यदि अमरेशजी नभएको भए पनि त्यो ठाउँमा एउटा मधेसको मान्छेले जित्थ्यो, मधेसले जित्थ्यो’ उनले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै भने, ‘तर कोही काठमाडौंबाट यहाँ आएर म मधेसको बेटा हुँ भन्दै छ, एउटा ठाउँ लिने प्रयास गर्दै छ। यस पटक ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईँको।’

उनले थपे, ‘सर्लाहीसँगको मेरो नाता पुरानो हो। म त्यही नातामा यहाँ उभिएको छु। हिजो सर्लाहीवासीलाई अन्याय पर्दा ज्यानको बाजी लगाएर लडेको हुँ। यस पटक अलिकति न्याय मलाई चाहिएको छ, धेरै न्याय देशलाई चाहिएको छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार