काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका, तर मृत्यु भइसकेका व्यक्तिको नामको दुरुपयोग नहोस् भन्नेमा सचेत रहेको बताएको छ । आयोगले आफ्नो कल सेन्टरमा मरेका मानिसको तथ्य दुरुपयोग हुन्छ भन्ने सूचना आउने गरेको जानकारी दिँदै यस्तो बताएको हो ।
मतदाता नामावली छापिनुअघि मतदाताको मृत्यु भएको सूचना प्राप्त भएका सबै मृतकहरूको नाम मतदाता नामावलीबाट हटाए पनि तोकिएको मितिभन्दा पछि मृत्यु भएका मृतकको नाम मतदाता नामावलीमा रहने भएकाले त्यस्ता व्यक्तिहरुको नामको दुरुपयोग नहोस् भन्नेमा सचेत रहेको आयोगको भनाइ छ ।


प्रतिक्रिया