जेनजी परिषद् गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तो २०८३ साल वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय पनि गरेको छ । साथै प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा फागुन २० गतेदेखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ ।

त्यसैगरी प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार