कोशी प्रदेशमा एमालेका सांसद हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त हुँदै

काठमाडौं । कोशी प्रदेशमा आज हिक्मत कार्की मुख्यमन्त्री नियुक्त हुँदैछन् ।

सर्वोच्च अदातलले प्रदेशको सबैभन्दा सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएपछि सोहीबमोजिम कार्की मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

मुख्यमन्त्रीको शपथ ग्रहणसँगै आजै २ जना मन्त्री नियुक्त गर्ने तयारी भएको छ । एमाले स्रोतका अनुसार आज तीलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी भएको छ । मेन्याङ्बो कार्की नेतृत्वको सरकारमा समेत मन्त्री थिए ।

सर्वोच्चको पत्र भर्खरै प्राप्त भएको र कार्कीलाई नियुक्ति गर्ने तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले बतायो ।

सर्वोच्च अदालतले बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै पदमुक्त गरी प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार