संसद विघटनविरुद्धको रिटको तारेख फागुन २२ गतेलाई

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई फागुन २२ गतेका लागि साधारण तारेख दिएको छ । रिटकर्ता

रिटकर्ता अधिवक्ता कृतिनाथ शर्मा पौडेलका अनुसार सर्वोच्च अदालतले सो रिट फागुन २२ गतेका लागि साधारण तारेखमा राखेको हो ।

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

प्रतिनिधिसभा विघटन र वर्तमान प्रधानमन्त्री सुशीला कार्की पनि असंवैधानिक रूपमा पदमा नियुक्त भएको भन्दै राष्ट्रपतिबाट गरिएको निर्णय बदर गर्न रिटमा मागदाबी लिइएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार