कांग्रेस नयाँ भएकाले मत दिनूस् : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकलाई अहिले सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् । शुक्रबार कास्की कांग्रेसको सभालाई सम्बोधनका क्रममा सभापति थापाले अहिले देशमा चरम निराशा र अविश्वासको स्थिति रहेकाले यस्तो बेला ‘सम्हाल्ने शक्ति’ चाहिने टिप्पणी गरेका हुन् ।

‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले । आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ । त्यो तागत हामीले राख्नुपर्ने छ,’ सभापति थापाले भने, ‘उत्तेजना जसले पनि फैलाउनसक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई ।’

प्रतिक्रिया

सम्बन्धित समाचार