काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने समूह चरणको खेल नखेल्ने निर्णय गरेको छ। पाकिस्तान सरकारको आधिकारिक ‘एक्स’ खाताबाट जारी सूचनामा फेब्रुअरी १५ मा तय भएको भारतविरुद्धको खेलमा टोली मैदानमा नउत्रिने स्पष्ट पारिएको हो ।
सरकारी वक्तव्यमा पाकिस्तान टोलीलाई विश्वकप खेल्न श्रीलंका जान अनुमति दिइएको उल्लेख छ, तर भारतसँगको खेलमा सहभागिता नहुने बताइएको छ। पोस्टमा भनिएको छ, ‘पाकिस्तान सरकार पाकिस्तान क्रिकेट टोलीलाई विश्वकपमा सहभागी हुन अनुमति दिन्छ, तर भारतविरुद्ध फेब्रुअरी १५ मा हुने खेल खेलिने छैन।’







प्रतिक्रिया