काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डाका लागि पुराना नेताहरूको भीडमा नरहेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक भिडियो सन्देशमा संयोजक प्रचण्डले हजारौँ सहिदको सपना पूरा गर्न आफू निरन्तर संघर्षरमा रहेको बताएका छन् ।
‘धेरैलाई लाग्न सक्छ-म र मजस्ता पुराना नेताहरू एउटै हौँ। तर म स्पष्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भिडमा छैन,’ उनले भने, ‘देशलाई बन्धक बनाउने सत्ता भागबन्डाको सम्झौतामा म कहिल्यै सहभागी हुन चाहन्नँ। म फरक छु, यो प्रमाणित गरेर छाड्नेछु।’




प्रतिक्रिया