यती होल्डिङ्स र वाइडबडी छानबिन गर्:ओली

ब्रेक सु भनेर साढे ९ किलो सुन आयो । साढे ९ किलो सुन हरायो । कहाँ गयो त्यो सुन भनेपछि फेरि आयो । स्टोरमा राखियो, स्टोरबाट हरायो । कसरी हरायो भनेपछि फेरि आयो । के आयो भनेर हेर्दा त बजारबाट नक्कली सिगरेट किनेर त्यस्तै पारेर राखेको रहेछ । नक्कली छ कि सक्कली हामी हेर्छौँ भनेपछि फेरि त्यो हरायो, सक्कली नै आयो । कति आयो थाहा छैन ।

फेरि सक्कली हरायो, अहिले त हरायो भन्दैछन् फेरि ल्याउँछन् कि ल्याउँदैनन् थाहा छैन । कति तमासा, कस्तो तमासा, लाज लाग्दो घिन लाग्दो तमासा, अनि फेरि तिनीहरू नै भन्छन् भ्रष्टाचारविरुद्धको अभियान रोकिन्न भन्छन् कठैबरी, भ्रष्टाचारको मेरो अभियान भन न किन विरुद्धको भन्छौ ? विरुद्ध भन्ने हटाइदेऊ, भ्रष्टाचारको मेरो अभियान रोकिन्न भन्न सुहाउँछ ।

जसले एउटा आइटममा क्विन्टलका क्विन्टल सुरु कति दिनदेखि ल्याउँछ। पक्राउ परेको मान्छे को छ ? भनेर पत्ता लगाउँदै जाँदा भन्सारको अधिकृत हुन्छ ? विदेशीलाई नागरिकता दिएर २० हजार लिएर दर्ता गराउने को हो त्यो ? कल्ले नागरिकता दिने भन्यो ? कल्ले आदेश दियो ? कल्ले नागरिकता बनायो ? त्यो खोजी गर न ।

अहिले भ्रष्टाचार नियन्त्रण र विरोधका नाममा राष्ट्रिय उद्योगपति र राष्ट्रिय पूँजीलाई गला थिच्ने र रेट्ने काम यो सरकारले गर्न खोजीराख्या छ, गरिराख्या छ । यती यती यती होल्डिङ्स, यती एयरलाइन्स भनेर कराउँछ । खोजी गर न त यो सरकारलाई भन्दैछु म । खोजी गर राष्ट्रिय पूँजीविरोधी हौ, एउटा गरिबले गरिखाएको तिमीहरूले देख्न सक्दैनौं । गर न त छानबिन गर ।

यदि यती होल्डिङ्सलाई दरबारको पालादेखिको खोजेर ल्याउनुपर्छ, दरबारले विदेशी नागरिकलाई गोकर्णको जग्गा लिजमा दिएको । विदेशी नागरिकबाट नेपालले पाउनुपर्छ, लिनुपर्छ भन्दा विभिन्न घरानाहरूको बीचमा लडाइँ पर्‍यो । ती घरानाहरूको बीचमा लडाइँ पर्दा सोझो शेर्पाले बढी पैसा तिरेर आफ्नो नाममा गर्‍यो होला । सुशील कोइराला प्रधानमन्त्री हुँदा लिज ट्रान्स्फर भनेको विदेशीबाट नेपालीले लिन पाउँछ यति होल्डिङ्सले लिन पाउँछ भनेर सुशील कोइरालाले निर्णय गरे ।

दरबारमार्गको भवन पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा लिजमा दिएको हो । सोल्टी होटेलका छेउको त्यहाँको जमिन दिने शेरबहादुर देउवा हुन् । खोजी गरन त यती होल्डिङ्सलाई क-कसले दियो ? अनि हामीसँग नाम जोड्छन् ।

वाइडवडी किन्छन् उनीहरु । कमिसन खान्छन् उनीहरु । जर्मनीबाट कसैको नाममा सिंगापुरमा आउँछ पैसा, त्यहाँबाट गायब हुन्छन् । अनि वाइडवडी भन्छन् । मैले भनेको छु खोज न । वाइडवडी खोज जेल जाऊ । छानबिन गर जेल जाऊ । नेकपा एमालेले केही गरेको छैन ।

हामी भ्रष्टाचार गर्नको लागि सरकारमा जाने होइन । भ्रष्टाचार गर्नको लागि राजनीति गर्ने पार्टी होइन । हामी ज्यान हत्केलामा राखेर जेल, नेल काटेर, भूमिगत गएर अनेक साथीहरूले बलिदान भएर त्यसरी आएका हौं । एमालेका नेताहरू कष्टकर भूमिगत जीवन, जेल जीवन बिताएर आएका नेताहरु हुन् । त्यसकारण एमालेका नेताहरुलाई आफन्त पोस्नु छैन । अर्को, कुरा एमालेभित्र पनि कहिँ कसैको गल्ती, त्रृटि पाइयो भने् एमालेले बाँकी राख्दैन ।

तर, अहिले जसरी आरोपित गर्ने गरेको छ, ती अपराधीहरुले आरोप लगाएका भरमा पत्याउँदै जाने हो भने त यिनीहरूले उल्टा सुल्टा गर्छन् । उल्टा कुरा । अहिले तस्करी कसले गराएको छ ? हामीले गराएको हो ? अहिले भ्रष्ट र तस्करहरूलाई बयानसम्म नगराइ साढे ९ केजी सुनमा कनेक्सन देखिन्छ । प्रत्यक्ष संलग्नता छ । किन बयानसम्म गराइँदैन । दुनियाँले देखेको छैन । तसर्थ म साथीहरुलाई कुनै किसिमको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो उद्देश्य समृद्ध नेपाल सुखी नेपाली हो । त्यस दिशामा अगाडि बढ्न ध्यान दिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार