कांग्रेस एकढिक्का छ : बलबहादुर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले नेपाली कांग्रेस एकढिक्का रहेको बताएका छन् । शुक्रबार राजधानीमा भएको आसन्न फागुन २१ गते हुने निर्वाचन केन्द्रित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा सोलुखुम्बुका खुम्बु पासाङल्हमु गाउँपालिका ,माप्य दुधकोशी गाउँपालिका ,सोताङ गाउँपालिका र नेपाल तरुण दल सोलुखुम्बुका नेता तथा स्थानीयको सहभागिता थियो ।

केसी आसन्न निर्वाचनमा उम्मेद्वार छैनन् । एकमात्र निर्वाचन केन्द्र रहेको सोलुखुम्बुका लागि नेपाली कांग्रेसबाट प्रकाशसिंह उम्मेद्वारको रुपमा मैदानमा उत्रिएका छन् । टिकटका कारण सोलुखुम्बुमा कांग्रेस विवादमुक्त नरहेको अनुमान हुँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार