सोलुमा एमालेले प्रतिनिधिसभा सदस्यका लागि उठायो महिला उम्मेद्वार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्यका लागि कल्पना राईलाई उम्मेद्वार बनाएको छ ।

नेकपा एमालेले वि.सं. २०८२ साल फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राईलाई उम्मद्वारका रुपमा अघि सारेको हो ।

राई शिक्षा शास्त्रमा स्नातकोत्तर (एम.एड) र कानून विषयमा स्नातक (एल.एल.बी) अध्ययन पूरा गरी अधिवक्ताका रूपमा कार्यरत छिन् । हाल उनी नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी सचिवको जिम्मेवारीमा छिन् ।

प्रतिक्रिया