सोलुका लागि कार्कीले पाए कांग्रेसबाट टिकट

काठमाडौं । नेपाली कांग्रेसले सोलुखुम्बुका लागि प्रकाशसिंह कार्कीलाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कार्कीलाई उम्मेद्वारी दिएको हो । कार्की यसअघि प्रदेश सभाका लागि निर्वाचनमा भाग लिएका व्यक्ति हुन् । कार्की राजनीतिज्ञभन्दा पनि सफल उदमी हुन् ।

भोलि उम्मेद्वार दर्ता हुने भएकाले राजनीतिक दलले सम्बन्धित क्षेत्रमा उम्मेदवारको टुंगो लागइरहेका छन् ।

प्रतिक्रिया