काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनले बुधबार राति नयाँ कार्यसमिति चयन गरेको हो ।
गगनकुमार थापा सभापति चयन हुँदा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति चयन भएका छन् । त्यस्तै प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री चयन भएका छन् ।
त्यस्तै सहमहामन्त्रीमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।




प्रतिक्रिया