काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट दुर्घटना भएको छ । (एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दुर्घटना भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए । उनीहरू सबै सकुशल रहेको र विमानबाट उद्धार भइसकेको छ ।
बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार, अवतरणका क्रममा धावनमार्गबाट जहाज चिप्लिएको हो । प्राविधिकसहितको टोली अहिले काठमाडौंबाट भद्रपुरतर्फ आजै पठाउन लागेको पनि उनले जानकारी दिए ।




प्रतिक्रिया