काठमाडौं । नेकपा (एमाले) संगठन विभागले ११औँ महाधिवेशनको प्रतिनिधि छनोटका लागि पाँचबुँदे निर्देशन जारी गरेको छ ।
पार्टी स्थयी कमिटी सदस्य एवं संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार हिजो साँझ विभागको भर्चुअल बैठकमार्फत केही निर्णयहरू गर्दै पाँच बुँदे निर्देशन जारी गरिएको हो ।
२७ देखि २९ मंसिरसम्म काठमाडौंमा हुने पार्टीको ११औँ महाधिवेशनको १३ मंसिरमा देशभरि र प्रवासमा पनि एकैदिन महाधिवेशन प्रतिनिधि छनोट हुँदै छन् । एमालेको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुँदै छन् ।





प्रतिक्रिया