काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिमाली जिल्ला मुस्ताङमा पनि संगठन विस्तार गरेको छ ।
कार्यवाहक सभापति डीपी अर्यालको उपस्थितिमा भएको पहिलो जिल्ला भेलाले सुदेश गुरुङको नेतृत्वमा समिति गठन गरेको हो ।
भेलाबाट उपसभापतिमा विष्णु थकाली, सचिवमा जीवन हिराचन, सहसचिवमा पासाङ डोल्मा गुरुङ, कोषाध्यक्षमा शंकर गुरुङ चयन भएका छन् । यसैगरी सदस्यहरुमा खुम्सुङ आङ्गी गुरुङ, तेम्बा गुरुङ, वाङ्सु शेर्पा, सचिना नेपाली र हरि प्रसाद थकाली छन् ।
भेलाले जिल्लाको संगठन विभागको संयोजक सन्तोष गुरुङ र उपसंयोजक प्रेम पौडेललाई तोकेको छ ।






प्रतिक्रिया