अनुसन्धानको दायरामा ल्याउन खोजेपछि तर्किँदै सेना

काठमाडौं । जाँचबुझ आयोगले २३ र २४ भदौका घटनामा नेपाली सेनालाई पनि छानबिनको दायरामा ल्याउने प्रयास गरेको छ ।

सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति निवास, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका सार्वजनिक संस्था तोडफोड, लुटपाट र आगजनीबाट सुरक्षित राख्न नसकेको विषयमा आयोगले नेपाली सेनासँग जवाफ मागेको छ । आयोगले पत्राचार गरेको दुई साता बितिसक्दा जंगीअड्डाले जवाफ दिएको छैन ।

२४ भदौमा किन कुनै कदम नचालेको भनी सार्वजनिक रूपमा आलोचना भएको उल्लेख गर्दै आयोगले ‘त्यो दिन के कदम चालियो ?’ भन्ने प्रश्नको जवाफ सेनासँग मागेको हो । त्यो दिन फिल्डमा खटिएका सैनिकदेखि घटनासँग सम्बन्धित सबै विवरण उपलब्ध गराइदिन पनि आयोगले सेनालाई पत्रमा भनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार