काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेत बारा जाने जानकारी पाएपछि जेनजीहरुले विरोध गरेका छन् ।
बस्नेत मधेस प्रदेशस्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ जान लागेका हुन् ।
बस्नेत सोतर्फ जाने भएपछि सिमराका जेनजी समुहका युवाहरूले अहिले सिमरा विमानस्थल घेराउ गरेका छन् । विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह खटिएको छ ।
नेता बस्नेतलाई लिन अहिले विमानस्थलमा पूर्व मन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह र अच्युत मैनाली लगायतका नेताहरू विमानस्थलमा छन् ।
बस्नेत बारा आउने सूचना पाए लगत्तै मंगलवारदेखि नै जेनजी युवाहरूले सामाजिक सञ्जाल मार्फत विरोध कार्यक्रम तय गरेका थिए ।



प्रतिक्रिया