काठमाडौं । सरकारले तिब्बती सीमासँग जोडिएको माथिल्लो मुस्ताङमा विदेशी नागरिकलाई पुग्न सजिलो बनाउनेगरी कानुन संशोधन गरेको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि लाग्ने पदयात्रा अनुमति दस्तुरमा १० गुणा कम गर्नेगरी कटौती गरेको हो ।
माथिल्लो मुस्ताङ प्रवेशका लागि प्रतिव्यक्ति ५ सय अमेरिकी डलर प्रवेश शुल्क र त्यसपछि प्रतिदिन ५० अमेरिकी डलर वा सोबराबरको परिवत्र्य विदेशी मुद्रा शुल्क लाग्दै आएकामा अध्यागमन नियमावली संशोधन गरेर शुल्क कटौती गरेको हो ।
५ सय अमेरिकी डलरबापत १० दिन घुम्नेगरी पर्यटकीय अनुमति दिइने गरेकामा अब ५० अमेरिकी डलर शुल्क लिएर एकै दिनका लागि पनि पुग्नेगरी अनुमति दिने बाटो खोलेको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले कानुन संशोधन गर्दै प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर वा सोबराबरको विदेशी मुद्रा कायम गर्ने निर्णय गरेसँगै छोटो अवधिका लागि र थोरै शुल्कमा समेत विदेशीलाई सजिलै तिब्बती सिमाना जोडिएको उपल्लो मुस्ताङ जान बाटो खुलेको हो ।
विदेशी नागरिकलाई चिनियाँ सिमाना रहेको माथिल्लो मुस्ताङको सीमाक्षेत्रमा भ्रमण सहज बनाउन प्रवेश शुल्कबापतको शुल्कमा संशोधन गरेको हो ।






प्रतिक्रिया