सरकारले दियो दिवंगत पत्रकार सुरेश रजककी श्रीमतीलाई रोजगारी

काठमाडौं । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ । सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो । 

सोमबार सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्ने गरी कम्प्युटर अधिकृतको नियुक्ति दिएका छन् । 

पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलनमा ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार