काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय सदस्य तोशिमा कार्कीले पार्टीको वर्तमान अवस्थाले पार्टीका धेरै अब्बल व्यक्तिहरू पार्टी छोड्दै जाने बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफ्नो धारणा राख्दै पार्टी सुधारको आवश्यकता रहेको बताइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि उनले कटाक्ष गरेकी छन् ।
‘घमन्ड र दबाबले पार्टी चलाउनु थ्यो त ओली नै थिए नि , आफू र आफ्नो पार्टी सुधार्न उदार हुन नसक्ने, रिफर्मको एजेन्डालाई प्रतिगमनकारी भन्नेले देश के बनाउलान् र खोई ? हेक्का रहोस् बेलैमा नसुध्रिए, सबै अट्ने सबै खट्ने गरी पार्टी रिफर्म हुन नसके अझ धेरै अब्बल व्यक्तिहरू पार्टीले गुमाउँदै छ ’ उनले लेखेकी छन् ।




प्रतिक्रिया