काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०७८ सालमा भएको पार्टीको १४ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बनाउनु आफ्नो ठुलो गल्ती भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘२०७८ मा भएको १४ औँ महाधिवेशनबाट शेरबहादुर देउवालाई सभापति बन्न दिनु नै ठुलो गल्ती भयो भन्ने अहिले लाग्छ,’ थापाले बैठकमा धारणा व्यक्त गर्दै भने– ‘मैले २०६८ सालदेखि पार्टीमा बुढा नेताहरूलाई बिदाइ गरेर युवा नेताहरूको बाहुल्यता गराउनुपर्छ भन्दै बोल्दै र लेख्दै आए । तर, १४ औँ महाधिवेशनमा उहाँकै महामन्त्री बन्नु ठुलो गल्ती भयो ।’






प्रतिक्रिया