ट्रम्पले नरोकेको भए भारत-पाकिस्तानबीच घमासन युद्ध हुन्थ्यो : पाकिस्तान

काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग युद्ध रोक्न निर्णायक भूमिका खेलेको बताएका छन् ।

संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै भारत-पाकिस्तानबीच युद्ध रोक्ने श्रेय ट्रम्पलाई जाने बताएका हुन् ।

ट्रम्पलाई जस दिन भारतले इन्कार गरिरहेका बेला पाकिस्तानका प्रधानमन्त्री राष्ट्रसंघीय महासभामै यो कुरा उठाएर उनलाई नोबेल पुरस्कार नै दिनुपर्ने बताएका छन् ।

‘यदि अमेरिकी राष्ट्रपति ट्रम्पले भारत-पाकिस्तान तनावमा दखल दिएका नभए युद्धको परिणाम विनाशकारी हुन सक्थ्यो’, शरीफले भने, ‘त्यसैले भारत-पाकिस्तानबीच युद्ध रोक्न ट्रम्प नोबेल शान्ति पुरस्कारका योग्य छन् ।’

तर, भारतले पाकिस्तानको अभिव्यक्तिलाई अस्वीकार गर्दै आइरहेको छ ।

प्रतिक्रिया