काठमाडौं । भारतको लद्दाखमा छुट्टै राज्यको माग गर्दै आन्दोलन अभियन्ता सोनम वाङचुक पक्राउ परेका छन् । भारतीय प्रशासनले राष्ट्रिय सुरक्षा ऐन (एनएसए) अन्तर्गत वाङचुकलाई पक्राउ गरिएको जनाएको छ ।
लद्दाखलाई भारतीय संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने र पूर्ण राज्यको हैसियत दिनुपर्ने माग गर्दै अनशनमा बसेका वाङचुकले बिहीबार अनशन तोडेका थिए ।
बिहीबार अनशनरत दुई जना अभियन्ताका स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो । अनशनरत अभियन्तालाई अस्पताल भर्ना गर्नुपर्ने स्थिति आएपछि आक्रोशित युवाहरू बुधबार आम हड्ताल आह्वान गरेका थिए ।
आम हड्तालका क्रममा प्रदर्शन उग्र भएपछि प्रदर्शनकारीले लेह लद्दाखमा रहेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को आगजनी गरेका थिए ।





प्रतिक्रिया