थोरै घट्यो सुनको मूल्य

काठमाडौं । आज बिहिबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला १ हजार ७ सय रूपैयाँले घटेको हो ।

आज प्रतितोला सुनको भाउ २ लाख २१ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो बुधबार २ लाख २३ हजार रुपैयाँ रहेको थियो ।
आज चाँदीको भाउ ५ रूपैयाँले वृद्धि भएर तोलाको २ हजार ६८५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार