काठमाडौं । राजनीतिक दलमा आबद्ध र पुराना दलका नेतानिकट व्यक्ति सामाजिक सञ्जाल टिकटकमा ‘एक्स्पोज झोले’ ट्रेन्ड सुरु भएको छ ।
टिकटक प्रयोगकर्ताले राजनीतिक दलमा आबद्ध र पुराना दलका नेतानिकट व्यक्तिहरूको फोटो राख्दै यो ट्रेन्ड सुरु गरेका हुन् ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनअघि टिकटक प्रयोगकर्ताले ‘नेपोबेबी ट्रेन्ड’ चलाएका थिए । यसले पुराना दलका नेताहरूलाई खुलेर बाहिर हिँड्न असहज हुने परिस्थिति निर्माण भयो ।
अझै पनि नेताहरूले नचेतेको र पुरानै प्रवृत्ति दोहोर्याएको भन्दै युवाले असन्तुष्टि व्यक्त गरेका छन् । यही कारण अब पार्टीनिकट व्यक्तिहरू (उनीहरूको भाषामा झोले) एक्पोज गरिनुपर्ने भन्दै नयाँ ट्रेन्ड सुरु भएको हो ।





प्रतिक्रिया