क्यान्सर विरामीलाई यतिको नि:शुल्क टिकट

काठमाडौं । यति एयरलाइन्सले विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिट्युट)मा उपचारका लागि यात्रा गर्ने विरामीका लागि सेवा उपलब्ध गराउने भएको छ ।

यतिले विराट क्यान्सर इन्स्टिट्युटसँगको सहकार्यमा एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको हो । 
सेवाका लागि यात्रुले विमानस्थलमा चेक–इन गर्दा यति एअरलाइन्सको काउन्टरमा बिरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया