काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा छलफलमा जुटेका छन् । छलफलमा पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र डा शशाङ्क कोइराला तथा पूर्वसहमहामन्त्री एवं अहिलेका पार्टी प्रवक्ता डा प्रकाशशरण महत छन् ।
निकट स्रोतका अनुसार छलफल पार्टीको आगामी १५ औँ महाधिवेशनमा कसी अगाडि बढ्ने र शुक्रबारको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएको विशेष महाधिवेशन र नेतृत्व परिवर्तनको विषयम रहनेछ ।





प्रतिक्रिया