काठमाडौं । नेपाली कांग्रेसले सभापति देउवामाथि भएको संघातिक आक्रमणलाई निन्दनीय र भर्तसना भएको बताएको छ ।
पार्टी उपसभापति पूर्णबहादुर खड्काले आइतबार ६ बुँदे विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भएको सांघातिक आक्रमण निन्दनीय र भर्सतनायोग्य भएको बताएका हुन् ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएको दोहोर्याएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले आइतबार पार्टीको तर्फबाट ६ बुँदे विज्ञप्ति सार्वजनिक गर्दै गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको समेत ठहर गरेको छ ।
‘संविधानबमोजिम जनताबाट लोकतान्त्रिक विधिअनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधिसभाको विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक छ । यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको छ,’ विज्ञाप्तिमा भनिएको छ ।
कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसलाभन्दा विपरीत भएको उल्लेख छ । ‘लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसलाभन्दा विपरीत छ’ खड्काले जारी गरेको वक्तव्यमा उल्लेख छ ।






प्रतिक्रिया