काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्माओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।
सोमबार बसेको सो पार्टीको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले यस्तो माग गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
‘यो हद भयो । अहिले नै तत्कालै आन्दोलनकारीका माग सम्बोधन गर सरकार ! सामाजिक सन्जाल खुला गर’, ज्वालाले भनेका छन्– ‘यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन मिल्दैन । प्रधानमन्त्री र गृहमन्त्री तुरुन्त राजीनामा देउ !!’




प्रतिक्रिया